‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए • Image Khabar Image Khabar


‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए


Imagekhabar
४ माघ २०७४, बिहीबार १९:२२

‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए

आन्दोलनकारीले बिहीबार डोटीको सदरमुकाम सिलगढीमा रहेको ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक)मा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

आरजु राणा उक्त संस्थाको केन्द्रीय अध्यक्ष रहेको भन्दै उग्र बनेका आन्दोलनकारीले आगजनी गरेका हुन् ।

आन्दोलनकारीले रूडुकको शाखा कार्यालयमा रहेका सामान तथा कागजातहरु जलाइदिएका छन् ।

बिहीबार बेलुका करिब साढे ५ बजेतिर रुडुक कार्यालय तोडफोड गरी उनीहरुले आगजनी गरेका थिए ।

आन्दोलनकारीले बिहीबारै डोटीमा रहेका विभिन्न सरकारी कार्यालयका तीनओटा गाडी, एउटा मोटरसाइकल, क्षेत्रीय प्रशासन कार्यालयलगायतका क्षेत्रीय कार्यालयहरु र प्रहरी बिटमासमेत तोडफोड गरेका छन् ।

आन्दोलनकाक्रममा भएको झडपमा परी ९ जना सुरक्षाकर्मी र चारजना आन्दोलनकारी घाइते भएका छन् ।

‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए

प्रतिक्रिया दिनुहोस्