विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी • Image Khabar Image Khabar


विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी


Imagekhabar
५ माघ २०७४, शुक्रबार ०६:५९

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए ।

उनले बिहीबार एक सय ५० थान कम्बल वितरण गरे ।

उनले मुसहर बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य अवस्था जोखिममा रहेको सुनाए । तराई–मधेसमा चिसोका कारण ज्यान गुमाइरहेको अवस्थामा मानवीय सेवाका लागि आफू न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गर्न रौतहट आएको उनले बताए ।

उनले समनपुरमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । डा. टोसिवा कार्की, अभिषेकराज सिंहलगायत सम्मिलित उनको टोलीले बिहीबार शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविर शुक्रबार पनि सञ्चालन हुने सिंहले जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्