अमेरिकाका वैज्ञानिकहरुलाई क्यान्सर परीक्षणमा नयाँ सफलता • Image Khabar Image Khabar


अमेरिकाका वैज्ञानिकहरुलाई क्यान्सर परीक्षणमा नयाँ सफलता


Imagekhabar
५ माघ २०७४, शुक्रबार ०९:४२

अमेरिकाका वैज्ञानिकहरुलाई क्यान्सर परीक्षणमा नयाँ सफलता

जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले एक हजार बिरामीमाझ गरिएको नमूना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका हुन् ।

क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अरु भागमा फैलिनुअघि आठ किसिमका ट्युमर पत्ता लगाउन सक्ने दह्रो आधार दिएको दावी गरिएको छ ।

यो अनुसन्धानबाट फैलिनुअघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

क्यान्सर सिक नाम दिइएको परीक्षणलाई व्यापक बनाइनुअघि थप अध्ययन आवश्यक रहेको साइन्स जर्नलमा प्रकाशित प्रतिवेदनमा भनिएको छ ।

उक्त परीक्षण गर्न प्रतिव्यक्ति करीब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ ।

एक हजार पाँच जना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थीलगायतमा क्यान्सर रोग पत्ता लागेको थियो ।

परीक्षणको उद्देश्य मानिसमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकले जनाएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्