Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी, ३ बुदे माग प्रस्तुत


0
Shares

सुप विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आईतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग अघि सार्दै सुप केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

सुप केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको छ । सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् ।

सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको छ ।

सुप विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह मनाएको ९ दिनमै तालाबन्दी भएको छ ।

गत पुस २९ गते महेन्द्रनगरमा बसेको सुप विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० र २०७१ असोज ६ गते पछि गरेका निर्णयहरु कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संयोजक चन्दले बताए ।

निर्णय नसच्याई माग आफुहरुका माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने संघर्ष सििमतिले जनाएको छ ।