२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


धेरै घुस्याहा कर्मचारी राजधानीमा, दोस्रो नम्बरमा बाँके !


0
Shares

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् ।

काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ ।

उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो ।

आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ । –जनता पोष्ट दैनिकबाट