सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन • Image Khabar Image Khabar


सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन


Imagekhabar
९ माघ २०७४, मंगलवार १२:०८

सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे ।

प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्‍याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिए ।

उनले सशस्त्र प्रहरीको पुनर्संरचना विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापना कालदेखि नै संगठनले सुरक्षा चुनौती सामना गर्दै देश र जनताको सेवामा अहोरात्र खटिएको बताए ।

१७ औं सशस्त्र प्रहरी दिवसकै अवसरमा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।

दिवसकै अवसरका सेवामा रहेका बेला बीरगति प्राप्त गरेकाहरुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

दिवसकै अवसरमा सशस्त्र प्रहरीले दक्षिणकाली गण खुमलटार र सीमा सुरक्षा कार्यालय सुनसरीलाई उत्कृष्ट काम गरेको भन्दै रनिङ शील्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्