२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उम्मेदवार छान्न कांग्रेस बैठक जारी


0
Shares

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेदेखि बसिरहेको बैठकले मंगलबारै साँझसम्म उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।

कांग्रेसले शनिबारदेखि नै राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाउन आन्तरिक छलफल सुरु गरेपनि अहिलेसम्म प्रदेश नम्बर–७ का चारजना उम्मेदवारमात्र टुंगो लगाएको छ ।

बैठकमा शीर्ष नेता र प्रभावशाली केन्द्रीय सदस्यहरु सहभागी छन् ।

आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार उम्मेदवारी मनोनयनको दिन तोकेको छ ।