१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आजबाट शहीद सप्ताह सुरु


0
Shares

तत्कालीन एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण शहादत प्राप्त गरेका चार सपुत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ ।

यसैबीच आज काठमाडौंको टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गरेर श्रद्धा सुमन ब्यक्त गरियो ।

काठमाडौं महानगरपालिका र आर्य समाजले संयुक्त रुपमा गरेको कार्यक्रममा शहिदप्रति सम्मान अर्पण गरिएको हो ।

शास्त्रीलाई विसं.१९९७ माघ १० गते टेकुस्थित खरिको बोटमा झुण्ड्याएर फाँसी दिइएको थियो ।