
कक्षा ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा तीन कोठे एउटै भवन रहेको छ । जसमा एउटा कोठामा अफिस छ भने बाँकी दुई कोठामा कक्षा ४ र ५ का विद्यार्थी बस्ने गरेको विद्यायका प्राध्यानाध्यापक मीनबहादुर सिंहले बताए ।
दुई कोठे भवनलाई २०७४ साल बैशाख २८ गते परेको पानीले पूर्ण रुपमा क्षति पु¥याएपछि बालबालिकालाई पठन पाठनमा समस्या भएको हो । अहिले शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई बहुकक्षा शिक्षण प्रविधिबाट पढाइन्छ । पानी र हावाहुरी नचलेका दिन खुल्ला चौरमै पढाए पनि पानी परेका दिन छुट्टी गर्ने या बहुकक्षा शिक्षण गराउनुपर्ने बाध्यता रहेको सिंहको भनाइ छ ।
भवन क्षति हुनासाथ प्रहरी मुचुल्कासहित भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यलयमा पहल गर्दासमेत आश्वासन मात्र पाइएको विद्यालयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्