
भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।
भारतीय दूतावासले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६६२ वटा एम्बुलेन्स र १३० वटा बस प्रदान गरिसकेको छ ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले दिएको सन्देश पढेर सुनाए । राजदूत पुरीले भारतीय जनताको नेपाली जनतासँग प्रगाढ सम्बन्ध रहेको भन्दै नेपालको शान्ति, स्थायित्व सम्मृद्धिमा भारतको सधै सहयोग रहने बताए ।
उनले नेपाल–भारत कूटनीतिक सम्बन्धको ७० बर्ष पूरा भएको अवसरमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्