२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बालगृहका अनाथ बालबालिकालाई चौधरी फाउण्डेसनद्वारा राहत वितरण


0
Shares

लामो समयदेखि आर्थिक सुविधाबाट बञ्चित बालगृहका १९ जना अनाथ बालबालिकालाई फाउण्डेसनले न्यानो कपडा (स्वीटर) वितरण गरेको हो । शितलहर र चिसोले बालगृहका अनाथ बालबालिकाको बिचल्ली भएको र बालगृह संचालन गर्न कठिनाई भएको समाचार इमेज च्यानलनमा प्रशारण भएपछि फाउण्डेसनले सहयोग प्रदान गरेको हो ।

माघ २ गते समाचार प्रशारण भएलगत्तै चौधरी फाउण्डेसनका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको पहलमा बालबालिकाहरुका लागि न्यानो कपडा प्राप्त भएको हो । बिहीबार अपरान्ह बालगृह परिसरमा आयोजना गरिएको एक कार्यक्रममा कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, बालगृहका अध्यक्ष राजु अर्याल, सुरेश शर्मा, लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको छ ।

वि.सं. २०५९ सालमा स्थापना भएको बालगृहको अवस्था दयनीय भएको समाचार प्रशारण तथा प्रकाशन भएपछि विभिन्न संघसंस्थाले सहयोग समेत गरेको बालगृहका अध्यक्ष राजु प्रसाद अर्यालले बताए । सहयोग प्रदान गर्ने चौधरी फाउण्डेसन तथा समाचार संप्रेषण गर्ने इमेज च्यानललाई बालगृहका अध्यक्ष अर्यालले आभार प्रकट गरे ।

शितलहर तथा चिसोबाट प्रभावित अनाथ बालबच्चाहरुलाई सहयोग गर्ने सहयोगी दाताको कार्य सह्राहनीय रहेको कपिलबस्तुका सहायक प्रजिअ रामेश्वर अर्यालले बताए ।