 
	    काठमाडौं । नेपाली मिलफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’मा सर्बोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
उनले क्लब पर्सिजा जाकार्ता लिग च्याम्पियन भएसँगै आइतबार जाकार्तामा रोहितले लिगकै सर्बोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल’ पुरस्कार पाएका हुन् । प्रतिष्ठित लिगमा यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन् ।
पुरै सिजन उत्कृष्ट प्रदर्शन गरेका २६ बर्षीय रोहितले पर्सिजालाई १७ बर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए ।
विदेशी लिगमा सर्बोत्कृष्ट खेलाडी चुनिने पहिलो नेपाली फुटबलर बनेका रोहित ‘भर्सटाइल’खेलाडी हुन् । उनले सर्बोत्कृष्ट खेलाडीको १५ करोड इन्डोनेसियन रुपैंयाँ(१५ लाख रुपैंयाँ) पाउनेछन् । -कान्तिपुर दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्