
पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर, त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।
सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उनीकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् ।
घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्