२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अनुदानको चामलबाट धमाधम घरेलु मदिरा उत्पादन


0
Shares

संस्थानले अनुदानमा बिक्री गर्ने मोटो चामलको जुम्लाका स्थानीयले मदिरा बनाउने गरेका हुन् ।

मोटो चामल स्वादिलो नहुने भएकाले स्थानीयले मदिरा बनाउने गरेको धनराज बुढाले बताए । ‘यो चामलको घरेलु मदिरा निकै राम्रो मानिन्छ,’ पातारासी गाउँपालिकाका स्थानीय बुढाले भने ।

यसरी उत्पादन गरिएको मदिरा प्रतिबोतल सय रुपैयाँमा बिक्री हुने उनले बताए ।

खानका लागि भने स्थानीयले बजारमा पाइने महँगो चामल किन्ने गरेका छन् । –नयाँ पत्रिका दैनिकबाट