
स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उनले व्यापारकासम्बन्धमा पनि ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पारे ।
अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताएका हुन् । व्यापारमा अमेरिका पहिलो भन्ने नीति लिनुको मतलब अमेरिका एक्लैमात्र पहिलो भन्ने नभएको उनको भनाइ थियो ।
अरु देशका नेताले पनि आ–आफ्ना देशलाई पहिलो स्थानमा राख्दा हुने उनको सल्लाह छ । ‘अमेरिका अघि बढ्नु भनेको विश्व पनि अघि बढ्नु हो,’ ट्रम्पले तर्क गरे, ‘अमेरिका व्यापारका लागि खुल्ला रहेको र त्यसको सबैले फाइदा लिए हुन्छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्