१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


जिप दुर्घटनामा दुईजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा सवारी चालक स्थानीय १८ वर्षीय प्रवेश योङया र १६ वर्षीय सन्दिप योङया रहेका छन् ।

यस्तै दुर्घटनामा परेर आधा दर्जन घाइते भएका छन् । घाइते हुनेहरुमा याङवरक ३ बस्ने भिम योङया, प्रकाश योङया, प्रदिप राई, लक्ष्मण राई, मनोज गुरुङ र इशाक योङया रहेका छन् ।

घाइतेलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नम्बरको जिप गएराति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।