२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


झन्झटिलो कानुनी प्रक्रियाका कारण सदुपयोग हुन नसकि सड्न थाले काठ


0
Shares

सिन्धुली जिल्लाको मरिण, कमलाखोच क्षेत्रमा विभिन्न स्थानमा ढले पढेका घाटगद्दी गरिएका लाखौं क्युफिट बहुमूल्य काठ लामो र झन्झटिलो कानुनी प्रक्रियाका कारण बन जंगलमै कुहिन थालेका हुन् ।

प्रचलित वन ऐन र कानून सरल र सहज हुन नसक्दा मरिणखोला क्षेत्रका एक दर्जनभन्दा बढी गाविसका सामुदायिक वनमा त्यस्ता काठ दिनदिनै सडेर गल्दै गएका छन् । सालका बहुमूल्य काठको संरक्षण र सदुपयोग हुन नसक्दा वर्षामा खहरे खोलाले बगाउने, हिउँदमा डढेलोले डढाउने र चोरी हुन थालेका छन् ।

समयमै संकलन र संरक्षण गरी व्यवस्थापन गर्नुपर्ने काठ दाउरा वन जंगलमै सडन लाग्दासमेत सम्बन्धित सरकारी निकायले चासो नदिँदा सरकारी राजस्वमा उत्तिकै नोक्सान भएको छ ।