३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


काबुलमा आत्मघाती विस्फोट, कम्तीमा ४० जनाको मृत्यु, १४० बढी घाइते


0
Shares

अस्पतालहरुमा उपचार गराइरहेकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

एम्बुलेन्समा विस्फोटक पदार्थ लिएर आएका आक्रमणकारीले प्रहरी चेकपोस्ट हुँदै सार्वजनिक यातायात सन्चालन हुने स्थाननजिकै लगेर विस्फोट गराएका थिए ।

विगतमा आन्तरिक मन्त्रालय र विदेशी कूटनीतिक नियोगका कार्यालयहरु रहेका स्थाननजिक यो घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

आक्रमणको जिम्मा तालिबानले लिएको छ । कट्टरपन्थी इस्लामिक समूह तालिबानले अफगानिस्तान र पाकिस्तानका विभिन्न भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ । (एजेन्सी)