Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राजदूतका लागि प्रस्तावित नामहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन


0
Shares

काठमाडौं, मंसिर २३ । संसदीय सुनुवाइ समितिले सरकारले प्रस्ताव गरेका विभिन्न चार देशका राजदूतको नाम अनुमोदन गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

नाम अनुमोदन भएकाहरुमा भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् ।

सुनुवाइपछि उनीहरुको नाम बैठकबाट सर्वसम्मत् अनुमोदन भएको हो ।

अब उनीहरुलाई राष्ट्रपतिबाट राजदूत नियुक्त गर्न बाटो खुलेको छ ।