
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने राष्ट्रिय माध्यमिक विद्यालय पहरीयामा एक महिलाले नाम मिल्ने शिक्षिकाको जागिर खाइरहेको भेटिएको छ ।
सो विद्यालयमा करार सुचिमा परेकी शुक्लाफाटा नगरपालिका ७ कसरौल बस्ने विस्ना कुमारी साउदको नाममा कृष्णपुर नगरपालिका १ पहरिया बस्ने विस्ना साउदले एक वर्षदेखि अस्थाई सूचीको शिक्षक भई जागिर खाइरहेको खुलासा भएको हो ।
गतहप्ता शुक्लाफाँटा नगरपालिका ३ को जनज्योती आधारभुत विद्यालय जोनापुरमा शिक्षकका लागि दरखास्त दिन जाँदा करार सूचीमा रहेकी विस्ना साउँदले एक वर्षदेखि पहरीयामा जागिर खाइरहेको जानकारी गराउँदा खुलासा सो कुरा वाहिर आएको हो ।
२०७३ साल पुस महिनामा राष्ट्रिय माध्यमिक विद्यालय पहरीयाले प्राथमिक बिद्यालय तृतीय तह महिला शिक्षकका लागि अस्थाई करार सूचीमा नाम समावेश भएको तर आफु दुई जिउकी भएकाले र विद्यालय टाढा भएका कारण जान नसकेको कारण मेरो नाम मिल्ने स्थानिय महिलाले जालसाजी गरी जागिर खाएको सक्कली विस्ना साउदले वताएकी छन ।
शिक्षा कार्यालयले प्रकाशन गरेको अस्थाई शिक्षक करार सूचीको १६ नम्बरमा आफ्नो नाम समावेश रहेको र आफ्नो प्रवेश पत्र हराएको भनि विद्यालयमा आवेदन दिएको हुँदा विद्यालयले नियुक्त गर्दा करारनामा गरेर नियुिक्त दिएको विद्यालय प्रशासनले जनाएको छ ।
करार सूचीमा आफ्नो नाम रहेको र प्रवेशपत्र हराएको भनि निवेदन दिएको हुँदा आफूहरु समेत झुक्किन पुगेको प्रधानाध्याक गणेश बहादुर चन्दले बताए ।
स्थानीयले भने पैसाको चलखेलमा नक्कली विस्नालाई नियुक्त गरेको आरोप लगाएका छन । यस घटनाका दोषीलाई कार्बाही अनि पीडितहरुलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग पिडित पक्षको छ ।
विस्ना कुमारीको नामबाट जागिर खाई भर्खरै अवकाश पाएकी कृष्णपुर १ की विस्ना साउँदले आफुले गल्ती गरेको स्विकारी सकेको भएपपनि आफूले २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएको बताउछिन् ।
शिक्षा कार्यालयको सूचनामा विस्ना साउँद रहेको र आफूसँग रहेको प्रवेश पत्र हराएको हुँदा आफूले नाम मिल्न गएको र अर्कौ मान्छे पनि नआएकाले विद्यालयमा जागिर खाएको उनको भनाई छ ।
नक्कली शिक्षिकाले जागिर खाइरहेको जानकारी पाएपछि विद्यालयले माघ ३ गते विस्ना साउँदलाई हटाएको छ ।
लोक सेवा आयोगले तीन पुस्ते विवरण माग्ने गरेको भएपनि शिक्षक सेवा आयोगले नाम थर र सिरियल नम्बर मात्र पठाएको हुँदा विद्यालयले एकै नाम थर भएको कारण झुक्किएको हुनसक्ने भन्दै यस विषयमा बिद्यालयले के कसरी शिक्षक भर्ना गरेको हो सो बारे छानबिन गर्ने र आवस्यक कार्वाही गरिने जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्