
मेचीको झापादेखि शुरु गरिएको साइकल यात्रा कञ्चनपुरको गड्डाचौकीमा पुगेर समापन गरिएको हो । साइकल यात्रामा दुई नेपाली र दुई जना विदेशी सहभागी थिए ।
उदयपुरका अर्जुन रिखाम मगर, पाँचथरका अर्जुन ठठाला र आयरल्याण्डका दुई नागरिक डक क्याण्डलन र लेनी क्याण्डेसनले २० दिन लगाएर १ हजार १ सय ७० किलोमिटर लामो साइकल यात्रा पूरा गरेका हुन् ।
आयरल्याण्डका नागरिक डक क्याण्डलनले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग जुटाउन मेची–काली साईकल यात्रा गरिएको बताए ।
काभ्रेको नगरकोटमा सञ्चालित नगरहोम आधारभूत विद्यालयमा हाल ५६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई ८ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको विद्यालय २०७२ मा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्