Logo ८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026


संविधान संशोधनविना देश अघि बढ्न सक्दैन : यादव


0
Shares

काठमाडौँमा आइतबार गरिएको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधन विना देशअघि बढ्न नसक्ने जिकिर गरे । बाम गठबन्धन संविधान संशोधन गर्न तयार भए आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ 

‘बल एमालेको कोर्टमा छ, एमालेभित्रपनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ,’ यादवले भने, ‘हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’

आफूहरु अहिले पनि आन्दोलनरत पक्ष रहेको भन्दै उनले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने बताए ।

अबको सरकार एमालेको नेतृत्वमा बन्नु स्वाभाविक हुने भन्दै उनले संविधान संशोधन हुने÷नहुने एमालेमै निर्भर रहने पनि बताए । उनले प्रदेश नम्बर २ मा फोरम नेतृत्वमा राजपासहितको सरकार बन्ने पक्का भएको बताए ।