२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दर्शकको उपस्थितिमा २५ मिनेटभित्र चित्र कोरेर प्रदर्शन


0
Shares

चित्रकला संकलन तथा प्रदर्शनीको क्षेत्रका कार्यरत संस्था ‘सत्या’ र ‘सिभिलमल आर्ट मेला’ को संयुक्त आयोजनामा प्रदर्शनी भएको हो । कार्यक्रममा ‘कारखाना’ र ‘हाउस अफ प्यालेट्स’ नामक संस्थाको सहयोग रहेको थियो ।

कार्यक्रममा प्रतियोगीहरुले दर्शकको उपस्थितिमा २५ मिनेटभित्रमा आ–आफ्ना सृजना तयार गरेका थिए । विजयी कलाकारहरुले नगद पुरस्कारका साथै विभिन्न उपहारहरु प्राप्त गरे ।

कार्यक्रममा ‘कारखाना’ संस्थाद्वारा केराबाट निर्मित वाद्य यन्त्र विशेष आकर्षण रहेको थियो । नवोदित कलाकारहरुको आर्ट ग्यालरीसमेत रहेको सो कार्यक्रम दिनभर चलेको थियो ।