काठमाडौं, मंसिर २३ । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तरप्रदेश परिषदको पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
संविधान, कानुन, बजेट र नीति–कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषदको बैठक माग गरिएको थियो ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए ।
नेपालको संविधानको धारा २३४ मा अन्तरप्रदेश परिषदको व्यवस्था छ ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य छन् ।
बैठकमा संघीय सरकारका अन्य मन्त्री पनि आमन्त्रित छन् । रासस









प्रतिक्रिया दिनुहोस्