२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मदिरा सेवन र बिक्री-वितरणमा प्रतिबन्ध लगाइएपछि शान्त भयो गाउँ


0
Shares

मदिराकै कारण गाउँको बदनाम हुन थालेपछि गाउँपालिकाले मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाले मदिरा बिक्री वितरण गर्नेलाई २० हजार र खाएर होहल्ला गर्ने सर्वसाधारणलाई ५ हजार र कर्मचारी भए १० हजार रुपैयाँसम्म जरिवाना गराउने निर्णय गरेको छ ।

यसबाट संकलित रकमबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकको दाँतसम्बन्धी उपचार गराउने योजना गाउँपालिकाले बनाएको छ ।

मदिरा सेवनका कारण भएका झगडामा खप्तड छान्ना गाउँपालिकामा दुई वर्षको बीचमा चार वटा हत्याका घटना भएका थिए ।

त्यसैगरी १० वटा ज्यान मार्ने उद्योगसम्बन्धी घटना पनि मदिरा सेवनकै कारण भएको इलाका प्रहरी चौकी छान्नाको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी गाउँमा महिला हिंसाका घटनामा पनि बढ्दै गएपछि गाउँपालिकाले मदिरा बिक्री र सेवनमा रोक लगाएको थियो ।

गाउँपालिकाले मदिरा बिक्रीवितरणमा रोक लगाएपछि गाउँमा शान्ति छाएको छ । विशेष गरी महिलाहरुले गाउँमा ढुक्कका साथ हिँड्डुल गर्ने वातावरण मिलेको बताएका छन् ।