
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा बाम गठबन्धनलाई बढी सिटमा विजयी गराउनेबारेमा समीक्षा भएको हो ।
प्रदेश सभा गठन तयारी अन्तिम चरणमा पुगेको समयमा दुई नेताबीच राष्ट्रियसभा र प्रदेशसभाका पद बाँडफाँडका बिषयमा पनि छलफल भएको हो ।
एमाले र माओवादी कार्यादलले हिजो बुझाएको प्रतिवेदनमा पनि छलफल भएको छ भने चाँडै पार्टी एकता संयोजन समितिको बैंठक बसेर दुई दलबीचको एकतालाई पनि तिव्रता दिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्