२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


नौकुण्ड गाउँपालिकामा दुई दिने एकीकृत घुम्ती शिविर संचालन


0
Shares

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले नौकुण्ड गाउँपालिकामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।

कार्यालयले शिविरबाट पहिलो पटक प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ । २०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरिएकोे प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

यसपटक जिल्ला प्रशासन कार्यालय रसुवाले शिविरमा प्रतिलिपी नागकरिता बनाउने बाहेक आँखा परीक्षण र कानुनी सेवालगायतका सेवा थप गरेको छ  ।

शिविरमा जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाल टेलिकम, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई, सिँचाइ विकास सव–डिभिजन कार्यालयलगायतले सेवा दिईरहेका छन् ।

कार्यालयले चालू आर्थिक वर्षभित्र सञ्चालन गर्ने चारवटा शिविरमध्ये नौकुण्ड पहिलोे शिविर हो ।