पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै


Imagekhabar
१५ माघ २०७४, सोमबार १६:४१

पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

ओडिसामा हुने एक धार्मिक महोत्सवमा विशेष अतिथिकारुपमा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । उनी त्यहाँ ‘१४५औं श्रीमज्जगद्गुरु–शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति महोत्सव’मा सहभागी हुनेछन् ।

पूर्वराजा शाह त्यहाँका शंकराचार्यको विशेष निम्तोमा जान लागेका हुन् । उनी झन्डै एक हप्ता भारतमा रहने बुझिएको छ ।

त्यसक्रममा उनले त्यहाँ केही राजनीतिक भेटघाटसमेत गर्नसक्ने जनाइएको छ ।

यसअघि, पूर्वराजा शाह मध्य तथा सुदूरपश्चिमको भ्रमणकाक्रममा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा लखनउ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्