२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


यस्तो छ, गायक सन्जीवको ‘हिट हिट’ (भिडियो)


0
Shares

सार्वजनिक ‘हिट हिट’ बोलको गीतमा शब्द होमनाथ न्यौपानेको र संगीत दीपक भट्टराईको रहेको छ । गीतमा सन्जीवसँगै अनु शाक्य र मिस्टर प्रिन्सको स्वर रहेको छ ।

सो गीतको भिडियोमा एलिशा शर्मा र राहुल शाह फिचरिङ छन् । कोरियोग्राफीसँगै निर्देशन पनि राहुलकै रहेको छ ।

पवन सुस्लिङको छायांकन रहेको सो गीतको भिडियोमा द मोन्टाजको सम्पादन रहेको छ ।

यसअघि, गायक पराजुलीले गायिका टीका प्रसाइँसँग युगल गायनमा ‘पहिलो भेटैमा’ गीत ल्याएका थिए ।

‘यस गीतलाई क्लब गीतकोरुपमा तयार पारेका छौं । मेरो अघिल्लो गीतभन्दा यो केही फरक छ’–गायक पराजुलीले भने–‘मेरा अघिल्ला गीतझैं यसले पनि दर्शकको मन जित्नेछ भन्नेमा आशावादी छु । गीतमा युवा पुस्ताको प्रतिनिधि चित्रण गर्न खोजिएको छ ।’

गीतकार न्यौपानले आफूले संगीतकार दीपकसँको छलफलमा गीत रचना गरेको बताए ।

‘यसलाई हामीले पार्टी वा क्लब गीतकोरुपमा तयार गरेका छौं । मैले शब्द पनि त्यहीअनुरुप नै लेखेको थिएँ । सन्जीवसँगको सहकार्यमा उसलाई केही नयाँ किसिमको गीत दिऊँ भन्ने लागेको थियो’–उनले भने–‘विशेषगरी यस गीतलाई युवा पुस्ताले गेटटुगेदरमा रुचाउँछन् भन्ने विश्वास छ ।’

भिडियो हेर्नुहोस्