
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटा चुलिँदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको हो ।
त्यसैगरी नेपाल यातायात व्यवसायी महासंघको विधानमा चौथो संशोधन गर्ने निर्णय पनि सरकारले गरेको छ । यसले संघीय संरचनामा जान सहज हुने निष्कर्ष सरकारले निकालेको छ ।
त्यस्तै अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाको दोस्रो संशोधन स्वीकृत गरिएको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ । बैठकले संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधि र प्रदेश प्रमुख तथा मुख्यमन्त्री लगायत सबैको मर्यादाक्रम निर्धारण पनि गरेको मन्त्री बस्नेतले जनकारी दिए ।
बैठकले तत्कालिन सशस्त्र द्वन्द्वमा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिनबहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्