२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मलामी सवार ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, आठजना घाइते


0
Shares

सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ भने बाँकी आठ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घाइते हुनेमा मलामी गई फर्किरहेका शिव दमाई, दिलीप दमाई, दीपक ढोली, हरि दमाई, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ट्र्याक्टर अनियन्त्रित भई सडक नालीमा पल्टिएको प्रहरीले जनाएको छ । (रासस)