बैतडीमा जिप दुर्घटना, तीनजना घाईते • Image Khabar Image Khabar


बैतडीमा जिप दुर्घटना, तीनजना घाईते


Imagekhabar
१६ माघ २०७४, मंगलवार १२:११

बैतडीमा जिप दुर्घटना, तीनजना घाईते

घाईते हुनेहरुमा जीप चालक कृष्णपुर–२ कञ्चनपुरका ३० बर्षीय महेश भट्ट, गौरीगंगा नगरपालिका–३ कैलालीका ४० बर्षीय वीरवहादुर चौधरी र उनकी ३५ बर्षीया श्रीमती सुनकुमारी चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।

घाईतै तीनैजनाको बैतडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुदूरपश्चिम उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ । धनगढीबाट बझाङ जाँदै गरेको बा१६च ८८६५ नम्बरुको जीप बिहान ८ बजेर ४५ मिनेटमा खोडपे–बझाङ सडकखण्डको बाँझपानीमा दुर्घटनामा परेको हो ।

बिहानको समयमा सडकमा तुसारो जमेकाले जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्