गाउँपालिका अध्यक्ष गुप्तालाई गोली हानेर मार्ने धम्की • Image Khabar Image Khabar


गाउँपालिका अध्यक्ष गुप्तालाई गोली हानेर मार्ने धम्की


Imagekhabar
१६ माघ २०७४, मंगलवार १४:१४

गाउँपालिका अध्यक्ष गुप्तालाई गोली हानेर मार्ने धम्की

एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।

बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएकोसमेत गुप्ताको भनाइ छ ।

पैसाका लागि धम्की दिएको हुनसक्ने ठानेर सोध्दा ‘तैँले आजकल मान्छेलाई गन्न छाडेको छस्, त्यही भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ’–गुप्ताले भने ।

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिए ।

जुनसुकै बेला पनि गोली हान्नसक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराएपनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्