३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित पार्ने ‘पुटिन सूची’ सार्वजनिक


0
Shares

ती व्यक्तिमाथि ‘प्रतिबन्ध’ लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर, त्यो कस्तो प्रतिबन्ध हो भन्नेबारेमा भने केही बताइएको छैन ।

अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ । त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन् ।

तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो ।

ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको जनाइएको छ ।

अमेरिकामा सम्पन्न सो निर्वाचनमा रुसको घुसपैठ रहेको समाचारले अमेरिकामा निकै ठूलो चर्चा पाइरहेको छ । रुसले त्यस समयका अर्का प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन चलखेल गरेको बताउँदै आइएको छ ।

तर, यस आरोपको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खन्डन गर्दै आएका छन् । उनले आफ्नो जितका लागि रुसको प्रभाव थियो भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा छानबिन गरिरहेका अमेरिकी एफबीआईका उपनिर्देशकको राजीनामा आएकै दिन अमेरिकाले सो सूची पनि सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैं खन्डन गर्ने गरेका छन् । उनीमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो । रासस/एएफपी