जगदीशपुर तालमा सिमसार दिवस मनाइँदै • Image Khabar Image Khabar


जगदीशपुर तालमा सिमसार दिवस मनाइँदै


Imagekhabar
१७ माघ २०७४, बुधबार ०७:३९

जगदीशपुर तालमा सिमसार दिवस मनाइँदै

जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुले फेब्रुअरी २ अर्थात् माघ १९ गते २२औं सिमसार दिवस मनाउने निर्णय गरेको हो ।

यो दिनलाई विश्व सिमसार दिवस तथा पाँचौं चरा दिवसकोरुपमासमेत मनाउने बताइएको छ ।

विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा सिमसार दिवसको अवसरमा तीनदिने विविध कार्यक्रम गर्न लागिएको हो । जगदीशपुर तालमा विभिन्न प्रजातिका चरा आउने गर्दछन् ।

मञ्चले जगदीशपुर जलाशयको महत्व र यसको प्रचार–प्रसारका लागि जिल्लास्तरीय कार्यक्रम गर्ने निर्णय गरेको हो । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् ।

त्यस्तै, विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चरा पाइने नेपाल पक्षी संरक्षण संघले जनाएको छ ।

१५७ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर ताल कृत्रिमरुपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो ताल हो ।

प्रतिक्रिया दिनुहोस्