काठमाडौं, मंसिर २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मंसिर २९ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धुम्बाराहीमा १ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम–कारबाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो ।
यस्तै, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।
बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहेका थिए ।
महासचिव पौडेलकाअनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेटमात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो ।
यही मंसिर १२ गतेको सचिवलाय बैठकले पार्टीको प्रदेश कमिटीमा रहने सदस्यको नामावली टुंगो लगाएको थियो ।
शनिबारको बैठकमा पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्