नदीबाट जथाभावी उत्खनन् • Image Khabar Image Khabar


नदीबाट जथाभावी उत्खनन्


Imagekhabar
१७ माघ २०७४, बुधबार ०९:११

नदीबाट जथाभावी उत्खनन्

जिल्ला समन्वय समितिले हचुवाका भरमा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

नदीजन्य पदार्थको जथाभावी उत्खनन् गर्दा वर्सेनि बाढीको चपेटामा पर्ने गरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

बाग्मती नदीको चन्द्रपुर–१, गडीमाई नगरपालिकाको समनपुर र बकैयाखोलाको रानीगर्जा–बोटवानाकाबाट ठूलो परिणाममा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ ।

चन्द्रपुर–१ पौराइस्थित बाग्मती नदीमा साह निर्माण सेवा मलंगवा–१० सर्लाहीलाई जिल्ला समन्वय समितिले ४०० मिटर लम्बाई, २ मिटर गहिराई र २० मिटर चौडाईमा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको थियो । तर, कम्पनीले पाँच मिटरसम्म खाल्डो पारेर ढुंगा, गिटी र बालुवा उत्खनन् गरिरहेको छ ।

जिल्ला समन्वय समितिले स्वच्छन्द ढुकुचे आश्रय जेभीलाई प्रतिदिन २०० घनमिटरका दरले ५० दिनमा अनुमानित १० हजार घनमिटर ढुंगा, गिटी र बालुवा बाग्मती नदीमा तोकिएको दोभान घाटबाट निकाल्न अनुमति दिएपनि ठेकदारले मनपरी ढंगले नदीजन्य पदार्थ उत्खनन् गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्