
सरकारी कार्यालय परिसरका रुख काट्न या हटाउन जिल्लास्थित सरकारी रुख हटाउने समितिको निर्णयअनुसार काट्नुपर्ने प्रावधान भएपनि आयुर्वेद कार्यालयले नियमविपरीत रुख कटान गरेको आरोप वन कार्यालयले लगाएको छ ।
वन कार्यालयका सहायक वन अधिकृत वीर ठगुन्नाले अनुमतिबिनै आयुर्वेद कार्यालयले रुख कटान गरेको बताए । उनले अनुमतिबिना रुख कटान गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
तर, आयुर्वेद कार्यालयका सूचना अधिकारी कलबहादुर विष्टले भने प्रक्रिया पूरा गर्दा पर्खाल लगाउन ढिला हुने भएकाले वन कार्यालयको मौखिक अनुमति लिएर रुख काटिएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्