
‘रेस्क्यु थ्री साउथ एसिया’को टोलीले बुधबार अपराह्न साढे ४ बजे तामाङलाई घना जंगलभित्र भेटेको हो ।
उनको उद्दार गरेर ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
ललितपुरको थसिखेलस्थित अजय शिशु सदनमा अध्ययनरत उनी गत बिहीबार फुल्चोकीमा हिउँ हेरेर फर्किदा हराएका थिए ।
विद्यालयका प्रिन्सिपलसहित ५ र ६ का ११ विद्यार्थी हिउँ हेर्न गएका थिए । कक्षा ६ बाट फुल्चोकी जानेमा तामाङ एक्ला थिए ।
प्रिन्सिपलको लापरवाहीले यस्तो घटना भएको अभिभावकको आरोपपछि प्रहरीले विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्