२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वैदेशिक रोगजारले बढ्यो सम्बन्ध विच्छेदको घटना, २७ वटा मुद्दा विचाराधीन


0
Shares

राजविराज नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा ७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।

विवाह गरेका जोडीबीच विश्वास नहुँदा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको नगरपालिकाका कानुन शाखाकी कानुन सहायक शीला कर्णले बताइन् ।

जिल्ला अदालत राजविराजमा पनि कूल ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २७ वटा मुद्दा विचाराधीन छन् भने १२ वटाको फैसला भइसकेको छ ।