२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धनबहादुरलाई धनको अभावः दैनिक गुजारा चलाउन सँधै धौ-धौ (भिडियो)


0
Shares

६ सन्तानमध्ये ३ जना अपांगता भएको पीडासँगै कमजोर आर्थिक अवस्थाका कारण दैनिकी गुजारा चलाउन पनि धौ–धौ परेको छ धनबहादुरको परिवारलाई ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नं ७ बुंकोट कोटगाउँ स्थित धन बहादुर र पोष कुमारी श्रेष्ठको ६ जना सन्तान मध्ये जेठी छोरी ३० वर्षकी लिला, माइली छोरी १९ वर्षकी शीला र १६ वर्षका छोरा राजीव श्रेष्ठ शारीरिक अपाङ्गताका कारण हिंड्डुल गर्न सक्दैनन ।

आमा पोषकुमारीको दैनिकी ३ सन्तानका हेरचाहमै बित्ने गर्दछ । कमजोर आर्थिक अवस्था अनि आफ्नो मात्र ज्यालामजदुरीको कमाईको भरमा परिवार चलाउन पर्दा जीवनगुजारा कठिन बन्दै गएको उनीहरुका बावु धन बहादुर श्रेष्ठ बताउँछन् ।

घर भूकम्पले बस्न नमिल्ने गरी चर्किए पनि उनीहरुसंग आर्थिक अभावका कारण घर बनाउने कुनै उपाय छैन ।

अपाङ्गता भएका ३ सन्तानको पीडासंगै ज्यालादारी बाहेक अरु उपाय नभएकाले पनि यो परिवार थप आर्थिक संकटको चपेटामा परेको छिमेकी लक्ष्मी गुरुङ्ग बताउछिन् ।

शहीद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठको पहलमा एक महिना अघि जिल्ला प्रशासन कार्यालय गोरखाका कर्मचारीहरु घरमै पुगेर अपाङ्गता भएका लिला, शिला र राजीव श्रेष्ठलाई नागरिकता दिएको थियो ।

नागरिकता पाए संगै सरकारबाट तीन जनाले सामाजिक सुरक्षा भत्ता पाउने भए पनि कमजोर आर्थिक अवस्था भएका यि परिवार लाई सहयोगको खाचो छ ।

(भिडियो)