काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसले जनकपुरमा हुने विवाहपञ्चमीको साताव्यापी कार्यक्रममा सहयोग गर्न आफ्नो स्थानीय समितिलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषा जिल्ला कार्यसमिति र प्रदेश नम्बर–२ का पार्टीका संसदीय दलका नेतालाई विवाहपञ्चमीको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन र सहयोग गर्न निर्देशन दिएको उनका स्वकीयसचिव विश्वास विक्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाहपञ्चमीका अवसरमा गर्न लागेको जनकपुर भ्रमणलाई लिएर विरोधका स्वर सुनिन थालेपछि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री आदित्यनाथ विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउँदैछन् ।









प्रतिक्रिया दिनुहोस्