
उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजधानी काठमाडौंसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार बुधबारदेखि सुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उडानमा समस्या आउनाका साथै घाम कमजोर लाग्नेछ ।
यसैबीच, देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक/दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ ।
बुधबार मौसम बदली भएका कारण बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम बढेर ६.५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मकरुपमा केही तातो महसुस गरिएको छ ।
यही १४ गते आइतबार न्यूनतम् तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो ।
यसअघि, गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम् तापक्रम ० डिग्रीमा झरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्