नेप्से ७ अंकले बढ्यो • Image Khabar Image Khabar


नेप्से ७ अंकले बढ्यो


Imagekhabar
१८ माघ २०७४, बिहीबार १९:५४

नेप्से ७ अंकले बढ्यो

यसदिन जलविद्युत् समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो । बिमा र लघुवित्त समूहमा दोहोरो अंकको सुधार आयो भने जलविद्युत् समूह डेढ अंकले ऋणात्मक रह्यो ।

यसदिन कारोबार परिमाणमा पनि सामान्य वृद्धि आयो । १५७ कम्पनीका ११ लाख ५६ हजार कित्ता सेयर ४१ करोड ७० लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्