भारतले अदुवामा अवरोध हटायो • Image Khabar Image Khabar


भारतले अदुवामा अवरोध हटायो


Imagekhabar
१९ माघ २०७४, शुक्रबार ०६:२५

भारतले अदुवामा अवरोध हटायो

भारतले विनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए । नेपाली अदुवालाई प्रवेश गर्न दिने जानकारी काँकडभित्ता भन्सार कार्यालयमा पनि आइसकेको उनले बताए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन अवरोध खोल्ने निर्णय भएको छ । तत्कालका लागि समस्या समाधान भए पनि अदुवा निकासीको दीर्घकालिन समस्या भने बाँकी नै रहेको मन्त्रालयले जनाएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्