इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु • Image Khabar Image Khabar


इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


Imagekhabar
१९ माघ २०७४, शुक्रबार ०८:१५

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गएराति पौंने १० बजे ना४ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को७प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । ट्रकसहित चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्