३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


घर बनाउन खाडल खन्दा ४५० किलो वजनको बम फेला


0
Shares

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको दुईवटा बम हङकङमा फेला परेको हो । लामो प्रयासपछि सुरक्षाकर्मीहरुले सो बम निष्कृय तुल्याएका छन् ।

४५० किलो वजनको सो बम वान चाई जिल्लाको एक व्यापारिक क्षेत्रमा फेला परेको हो । भवन निर्माण भइरहेको क्षेत्रमा खाडल खन्दा सो बम फेला परेको हो ।

बम फेला परलगत्तै आसपासका करिब चार हजारभन्दा बढी नागरिकलाई सो क्षेत्रबाट हटाइएको थियो । सडकलाई घेराबन्दी गरिएको थियो भने रातभर खटेर उक्त बमलाई हङकङ प्रहरीको बम निरोधक समूहले निष्कृय तुल्याएको थियो ।

एकसाता भित्रै हङकङमा दोस्रो विश्वयुद्धको समयको बम फेला परेको यो दोस्रो घटना हो ।

अमेरिकामा निर्माण भएको ‘एन–एम६५’ बम दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापान अधिनस्थ हङकङमा खसालेको हो ।

समाचार एजेन्सीहरुका अनुसा बम निरोधक समूहले बमको बाहिरी भागमा प्वाल बनाएर विस्फोटक पदार्थलाई नष्ट गरेको हो ।

जमिनमुनी गाडिएर रहेको अवस्थामा बम फेला परेपछि सर्वसाधारणमा आतंक बढ्न थालेको छ । यस्ता बम अझै कति होलान् र कहाँ कुन अवस्थामा होलान् भन्ने प्रष्ट नहुँदा सर्वसाधारणमा सन्त्रास बढाएको हो । (एजेन्सी)