गरिब परिवारको पीडा: खुल्ला आकाशमुनी बास, आधा पेट मात्र गाँस • Image Khabar Image Khabar


गरिब परिवारको पीडा: खुल्ला आकाशमुनी बास, आधा पेट मात्र गाँस


Imagekhabar
२० माघ २०७४, शनिबार ०९:२५

गरिब परिवारको पीडा:  खुल्ला आकाशमुनी बास, आधा पेट मात्र गाँस

बलबहादुर विक, श्रीमती र उनका तीन छोराछोरी पाँच वर्षदेखि जंगलको बीचमा बस्दै आएका छन् ।

४५ बर्षिय अपांग विकको हालसम्म न त नागरिकता बनेको छ न त अपांगताको परिचय पत्र नै ।

सुत्नका लागि वास र खानका लागि गाँस नहुँदा केटाकेटीहरु रातभर रुने गरेको बिक बताउँछन् ।

श्रीमतीले दिनभर सालको पात टिपेर बिक्री भएको पैसाले जति पुग्छ त्यति मात्रै खाने गरेको उनी बताउँछन् ।

वरिपरी जंगल भएका कारण साँझमा जंगली जनावर आउने गरेको समेत उनीहरुले बताए ।

आफू अपांग भएकाले केही काम गर्न नसक्दा परिवारले दुःख पाएको बलबहादुरको भनाइ छ ।

बलबहादुरको परिवारलाई हालसम्म कुनै पनि निकायले सहयोग गरेको छैन ।

उनको अवस्था देखेर सामुदायिक सेवा केन्द्रका सदस्यहरुले व्यक्तिगत रुपमा खाद्यान्न र लत्ताकपडा दिएका छन् ।

केन्द्रकै पहलमा उनको नागरिकता र अपांगता परिचयपत्र बनाउने पहल शुरु भएको छ । यसपछि सरकारी सहयोग पनि पाउने आशा बलबहादुरले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्