२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नवलपरासीको बर्दघाटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

राति पौने १ बजे ना६ख ४७९८ नम्बरको ट्रकले लु१ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाईकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा राति सवा १ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुबै सवारी साधन नियन्त्रणमा लिएको र ट्रक चालक फरार रहेकाले खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यलय बर्दघाटले जानकारी दिएको छ ।