
काठमाडौं, असार १४ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोगको पहिलो संशोधन विधेयक २०७५ संसद्मा पेश गर्ने स्वीकृति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रकृया सुरक्षासम्बन्धी निर्देशिका २०७५ पनि स्वीकृति गरेको छ ।
बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५ अर्ब ६ करोड अनुदान स्वीकृत गरेको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल र नेपालको हितमा रहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
बैठकले बिमा विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ भने कर्जा सुरक्षण नियमावली २०७५ पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्